Kathmandu Press

आज शेयर बजार केहि सच्चिदैं

काठमाडौं, पुस २९ : शेयर बजारमा केहि दिनदेखि लघुवित्त र विमा उपसूचकहरुमा देखिएको खरिदकर्ताहरुको चापमा भने आज कमजोर भएको देखिन्छ । त्यहि अनुरुप यी समूहह....

आज शेयर बजार केहि सच्चिदैं

काठमाडौं, पुस २९ : शेयर बजारमा केहि दिनदेखि लघुवित्त र विमा उपसूचकहरुमा देखिएको खरिदकर्ताहरुको चापमा भने आज कमजोर भएको देखिन्छ । त्यहि अनुरुप यी समूहहरुमा आज केहि गिरावट रहेको छ। त्यस्तै बैंकिङ्ग समूह पनि केहि सच्चिएको छ। यी सबै समूहमा १ प्रतिशतभन्दा कमको गिरावट रहे पनि ट्रेडिङ्ग समूहमा भने ९ दशमलब १५ प्रतिशतले बढेको छ।

साताको तेस्रो कारोवार दिन मंगलबार नेप्से परिसूचक ७ दशमलव ४८ ले घटेर १२६३ दशमलव ३८ को विन्दुमा बन्द भएको छ। दोश्रो बजार ० दशमलव ५९ प्रतिशतले घटेको छ। दोश्रो बजार १२७१ दशमलव १२ को विन्दुमा खुलेको थियो भने १२७४ दशमलव ८७ को उच्च विन्दु सम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु १२५४ दशमलव ३० थियो। आज १ अर्ब ०२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोवार हुने 

आज सबै भन्दा धेरै प्रभू बैङ्क लिमिटेडको सस्थापक शेयर किनबेच भएको छ। प्रभू बैङ्क लिमिटेडको ११ करोड ४३ लाख बराबरको सस्थापक शेयर किन बेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज रैराङ्ग हाईड्रोपावर डेभलपमेन्ट कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पोरेशनका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ८ दशमलव ६२ प्रतिशतले गुमाए।

छोटो समयावधिको प्राविधिक बिश्लेषण 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती बिश्लेषण अनुसार हाल बजार बढ्दो प्रवृत्तिमा रहेको र मुख्य प्रतिरोध क्षेत्रलाई सामना गरि रहेको देखिन्छ। आजको मैनबत्तीले बजार केहि घटेको संकेत गरेको छ। आज परिमाण घटेको छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन प्रवृत्तिहिन रहेको बजार आज कारोबारको पहिलो समयमा बजार केहि सच्चिएर पुन प्रवृत्तिहिन रहेको छ। यसले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गर्दछ। 

आज बजार प्रवृत्तिहिन रहेकोले २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिन्दैन। रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) ४६ दशमलब २० अंकमा रहेको छ। आजको बजारको प्रवत्ति हेर्दा आरएसआई र स्टोकास्टिक अक्सिलेटरको  प्रवृत्ति सामान्य रहेको संकेत गरेको छ। 

निश्कर्ष  

छोटो समयावधिको बजारको प्रवृत्तिलाई हेर्दा बजारले १२८५ को प्रतिरोध क्षेत्रलाई सामना गरि केहि सच्चिई रहेको देखिन्छ। समग्रमा हेर्दा यदि बजार १२७० भन्दा माथि स्थिर रहेमा बजार पुन केहि सकारात्मक हुन सक्ने संकेत गर्नुका साथै अर्को तत्कालिन मुख्य प्रतिरोध १२८० देखि १२८५ को क्षेत्रमा रहेको देखिन्छ। यदि बजार १२६० भन्दा तल स्थिर रहेमा बजार अझ केहि सच्चिन सक्ने संकेत गर्नुका साथै अर्को तत्कालिन टेवा १२५० देखि १२५५ को क्षेत्रमा रहेको देखिन्छ। 

प्रकाशित मिति: १७:२९ बजे, मंगलबार, पुस २९, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्