इन्फिनिटी लघुवित्तले २७.७० प्रतिशत बोनस सेयर दिने
काठमाडौं, मंसिर ५ : इन्फिनिटी लघुवित्तले आफ्ना सेयरधनीहरूलाई बोनस सेयर र नगद गरी २९.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।गत शुक्रबार बसेको लघुवित्तको सञ्चालक...
काठमाडौं, मंसिर ५ : इन्फिनिटी लघुवित्तले आफ्ना सेयरधनीहरूलाई बोनस सेयर र नगद गरी २९.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
गत शुक्रबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २७.७० प्रतिशत बोनस सेयर र बोसन सेयरमा लाग्ने कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद गरी २९.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।
प्रकाशित मिति: १५:२८ बजे, आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार