स्ट्याण्डर्ड चार्टर्डले १० प्रतिशत बोनस सेयर दिने
काठमाडौं, मंसिर ३ : स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगानीकर्तालाई बोनस सेयर र नगद गरी १३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।बैंकको सञ्चालक समितिको बैठकले हाल...
काठमाडौं, मंसिर ३ : स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगानीकर्तालाई बोनस सेयर र नगद गरी १३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश गरी जम्मा १३.०६ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो।
राष्ट्र बैंकबाट अनुमति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई लाभांश वितरण गरिन्छ।
प्रकाशित मिति: १५:२४ बजे, शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार