Kathmandu Press

नाउपले रञ्जितालाई अध्यक्षबाट हटायो

बुधबार भएको राष्ट्रिय भेलाले अध्यक्ष श्रेष्ठलाई पदबाट हटाउने प्रस्ताव पारित गरेको हो। 
नाउपले रञ्जितालाई अध्यक्षबाट हटायो

काठमाडौं, साउन १४ : नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले भ्रष्टाचार प्रकणमा मुछिएकी रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएको छ। 

बुधबार भएको राष्ट्रिय भेलाले अध्यक्ष श्रेष्ठलाई पदबाट हटाउने प्रस्ताव पारित गरेको हो। 

भेलाले अध्यक्ष कसले बनाउने भन्ने बारे निर्णय भने गरेको छ। यसबारे छलफल चलिरहेको बताइएको छ।

पोखराको लिचीबारी घुसकाण्डमा मुछिएकी श्रेष्ठले केही दिनअघि मात्रै वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यबहाक दिँदै जिम्मवारीबाट अलग भएकी थिइन्। 

वास्तोलालाई कार्यबहाक दिएपछि पार्टीभित्र असन्तुष्टी देखिएको छ। पार्टीका संरक्षक रेशम चौधरीले नै यसमा असुन्तुष्टी जनाएका थिए। 

यो निर्णयपछि श्रेष्ठलाई स्पष्टीकरण सोधिएको थियो। स्पष्टीकरणको जवाफ नदिएपछि अनुशासन समितिले श्रेष्ठलाई कारबाही गर्दै अध्यक्षबाट हटाइएको पत्र निर्वाचन आयोगमा पठाएको थियो। 
 

प्रकाशित मिति: १८:५४ बजे, बुधबार, साउन १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्