Kathmandu Press

तिहार तथा छठ पर्वलाई लक्षित गरेर बजार अनुगमनलाई महानगरले एकीकृत बनाउने 

काठमाडौं, कात्तिक ५ : काठमाडौं महानगरपालिकाले तिहार तथा छठ पर्व लक्षित महानगर क्षेत्रको बजारलाई एकीकृत अनुगमनका माध्यमबाट व्यवस्थापन गर्ने भएको छ।शुक्रबार महानगरकी उपप्रमुख...
तिहार तथा छठ पर्वलाई लक्षित गरेर बजार अनुगमनलाई महानगरले एकीकृत बनाउने 

काठमाडौं, कात्तिक ५ : काठमाडौं महानगरपालिकाले तिहार तथा छठ पर्व लक्षित महानगर क्षेत्रको बजारलाई एकीकृत अनुगमनका माध्यमबाट व्यवस्थापन गर्ने भएको छ।

शुक्रबार महानगरकी उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो । अनुगमनका क्रममा खाद्यान्न, तरकारी, मरमसला तथा भाइ मसलाका सामान र फलफूल, फूल र मालासहित कृषिजन्य सामाग्री, माछा, मासु, दूध तथा दुग्धजन्य खाद्य बस्तुको मूल्य र गुणस्तर हेरिने महानगरले जनाएको छ।

Hardik ivf

 अनुगमन गर्ने निकाय धेरै भएकोले दिनदिनै अनुगमन टोली व्यापारीकोमा पुग्दा उनीहरूले असजिलो महसुस गर्ने गरेको खड्गी श्रेष्ठले बताइन्। वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभागका प्रतिनिधि र उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त टोली बनाएर अनुगमनमा निस्किने छ।

बैठकमा दशैँका बेला महानगरपालिकाले गरेको अनुगमनको समीक्षा गरिएको थियो। त्यस क्रममा कृषि विभागका प्रमुख एवं निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले खाद्यान्न, तरकारी, फलफूललगायत खाद्य बस्तु र पशु सेवा महाशाखाका प्रमुख एवं निरीक्षण अधिकृत वरिष्ठ पशु चिकित्सक डा.अवधेश झाले चौपाया बजार र पशुजन्य खाद्य बस्तु सम्बन्धी कामको विवरण प्रस्तुत गरेका थिए।


 

प्रकाशित मिति: १९:२२ बजे, शुक्रबार, कात्तिक ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्