Kathmandu Press

कांग्रेसले सबै जातजातिलाई उचित सम्मान गरेको छ : सभापति देउवा

‘नेपाली कांग्रेसले थारु समुदायलाई सम्मान गर्दै आएको छ। थारु समुदायको समग्र विकास र उत्थानमा विकास पुगोस् भन्ने उद्देश्यले थारु विभाग गठन गरिएको छ,’ उनले भने, ‘यो संगठन थारुहरुको हक हितका निम्ति अधिकतम प्रयोग गर्नुपर्छ।’ 
कांग्रेसले सबै जातजातिलाई उचित सम्मान गरेको छ : सभापति देउवा

काठमाडौं, साउन १६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले थारु समुदायलाई सम्मान गर्दै हक हितका लागि विभिन्न कामहरु गर्दै आएको बताएका छन्। 

शुक्रबार पार्टीको थारु विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले थारु समुदायको समग्र विकास र उत्थानमा विकास पुगोस् भन्ने उद्देश्यले थारु विभाग गठन गरिएको बताए। 

‘नेपाली कांग्रेसले थारु समुदायलाई सम्मान गर्दै आएको छ। थारु समुदायको समग्र विकास र उत्थानमा विकास पुगोस् भन्ने उद्देश्यले थारु विभाग गठन गरिएको छ,’ उनले भने, ‘यो संगठन थारुहरुको हक हितका निम्ति अधिकतम प्रयोग गर्नुपर्छ।’ 

सभापति देउवाले संविधानले गर्दा कुनैपनि पार्टीको बहुमत आउन नसक्दा अर्को पार्टीसँग मिलेर सरकार बनाउनुपरेको बाध्यता रहेको बताए। 

‘हाम्रो संविधान सबैलाई जोड्ने खालको छ। जुन संविधान छ त्यसमा महिला, दलित, जनजाति, आदिवासी सबैलाई प्रतिनिधित्व गर्छ। यो समावेशी लोकतन्त्र भन्दा पनि हुन्छ वास्तबमा। तर यसमा एउटा समस्या पनि छ। संविधानले गर्दा कुनै पनि पार्टीको बहुमत आउँदैन,’ उनले भने, ‘कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने हुन्छ। त्यो कुनै पार्टीसँग मिलेर सरकारमा जानुपर्ने हुनसक्छ। तर पार्टी एक भएर अगाडि बढेको ढंगमा बहुमत आउन पनि सक्छ।’

प्रकाशित मिति: १८:३३ बजे, शुक्रबार, साउन १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्