नेपाल र चीनको आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशित छ : अध्यक्ष दाहाल
‘यस अवरमा म दुई देशका जनता र सरकारहरूलाई मानव जातिको साझा भविष्य र विश्व शान्तिका क्षेत्रमा थप गहिरो सम्बन्ध र सहयोगको अपेक्षा गर्दछौं,’ उनले भने।-1738923631.jpg)
काठमाडौं, साउन १६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुस्पकमल दाहालले नेपाल र चीनबीच सदियौँदेखि गाँसेको हाम्रो सम्बन्ध पारस्परिक सम्मान, आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशित रहेको बताएका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र जनवादी गणतन्त्र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवका अवसरमा दुवै देशका जनतालाई आज शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन्।
‘यस अवरमा म दुई देशका जनता र सरकारहरूलाई मानव जातिको साझा भविष्य र विश्व शान्तिका क्षेत्रमा थप गहिरो सम्बन्ध र सहयोगको अपेक्षा गर्दछौं,’ उनले भने।
प्रकाशित मिति: २१:२६ बजे, शुक्रबार, साउन १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1765194974.jpg)





-1765194974.jpg)


