Kathmandu Press

आलमविरुद्धको मुद्दामा फेरि पनि सुनुवाइ स्थगित

काठमाडौं, कात्तिक ५ : कांग्रेसका नेता मोहम्मद अफताव आलमविरुद्ध परेको मुद्दाको सुनुवाइ आज (शुक्रबार) पनि स्थगित भएको छ ।यसअघि बारम्बार सुनुवाइ स्थागित हुँदै...
आलमविरुद्धको मुद्दामा फेरि पनि सुनुवाइ स्थगित

काठमाडौं, कात्तिक ५ : कांग्रेसका नेता मोहम्मद अफताव आलमविरुद्ध परेको मुद्दाको सुनुवाइ आज (शुक्रबार) पनि स्थगित भएको छ ।

यसअघि बारम्बार सुनुवाइ स्थागित हुँदै आएको उक्त मुद्दामा आजका लागि पेसी तोकिए पनि महान्यायाधिवक्ता कार्यालयको मागबमोजिम उक्त मुद्दाको सुनुवाइ स्थगित गरिएको सर्वोच्च प्रशासनले जनाएको छ।

Hardik ivf

सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासको कार्यसूचीमा उक्त मुद्दा परेको थियो।

२०७० सालको निर्वाचनमा बम विस्फोट गराइ मानिसहरूको ज्यान लिएको आरोप लागेका आलम हाल केन्द्रीय कारागारमा पुर्पक्षमा छन्।

जिल्ला अदालत रौतहट र उच्च अदालत पाटनले आलमलाई हिरासतमै राखेर मुद्दा प्रक्रिया अघि बढाउन आदेश दिएको थियो। तर उक्त आदेशविरुद्ध आलम सर्वोच्च रिहाइको माग राखेर सर्वोच्च पुगेका थिए।

प्रकाशित मिति: १३:५२ बजे, शुक्रबार, कात्तिक ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्