Kathmandu Press

संसदीय उपचुनावमा उम्मेदवार बन्ने सोच छैन : कुलमान घिसिङ

‘अहिलेकै विद्यमान परिस्थितिमा एक सांसद भएर आउँंदैमा ठूलो परिवर्तन गर्न सक्छु जस्तो मलाई लाग्दैन्,’ उनले भने, ‘त्यसोभएको हुनाले रुपन्देहीमा हुन गइ रहेको संसदीय उपचुनावमा उम्मेदवार हुने कुरामा मेरो कुनै रुची छैन,’उनले भने।
संसदीय उपचुनावमा उम्मेदवार बन्ने सोच छैन : कुलमान घिसिङ

काठमाडौं, साउन २० : नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले रुपन्देहीमा हुन लागेको संसदीय उपचुनावमा आफु उम्मेदवार नहुने स्पष्ट पारेका छन्।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन्।

‘अहिलेकै विद्यमान परिस्थितिमा एक सांसद भएर आउँंदैमा ठूलो परिवर्तन गर्न सक्छु जस्तो मलाई लाग्दैन्,’ उनले भने, ‘त्यसोभएको हुनाले रुपन्देहीमा हुन गइ रहेको संसदीय उपचुनावमा उम्मेदवार हुने कुरामा मेरो कुनै रुची छैन,’उनले भने।

आफू यतिखेर देशका लागि केही गरौं भन्ने सोच भएका सबै साथीहरुलाई जोड्ने अभियानमा रहेको बताउँदै उनले यसलाई राजनितीक रुपमा नबुझ्न र नहेर्न आह्वान गरेका छन्। 

सही मान्छे सही स्थानमा भएन भने त्यसले सकारात्मक परिणाम नआउने भएकाले ‘राइट म्यान इन राइट पेलेस’ भन्ने मुख्य उद्देश्य बोकेर आफुले उज्यालो नेपाल अभियान कार्यक्रम अघि बढाएको उनको भनाई छ।
 
प्रकाशित मिति: १८:२४ बजे, मंगलबार, साउन २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्