Kathmandu Press

शर्मिला वाइबा पक्राउ  

उनीविरुद्ध प्रहरीले यसअघि विद्युतीय कारोबारविरुद्धको कसुर (साइबर अपराध) मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमति लिएको थियो।
शर्मिला वाइबा पक्राउ  

पोखरा, साउन २० : आफूलाई अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छन्।

साइबर ब्युरोको आग्रह अनुरुप विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा उनलाई प्रहरीले पोखराको लेकसाइडबाट पक्राउ गरेको हो। 

उनीविरुद्ध प्रहरीले यसअघि विद्युतीय कारोबारविरुद्धको कसुर (साइबर अपराध) मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमति लिएको थियो। सोही आधारमा वाइबा पक्राउ परेकी हुन् । वाइबालाई थप कारबाहीका लागि काठमाडौं पठाइने भएको छ। 

उनीविरुद्ध परेको एक जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भएको थियो। यसअघि पनि वाइबा साइबर अपराध मुद्दा तथा कुटपिट आरोपमा पक्राउ परेकी थिइन्। 

अदालतले मागेको धरौटी रकम बुझाएर उनी छुटेकी थिइन्। उनले आफूलाई सामाजिक अभियन्ता रहेको दाबी गर्दै आइरहेकी छन्। 

प्रकाशित मिति: १८:४९ बजे, मंगलबार, साउन २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्