Kathmandu Press

‘गुणस्तरीय फैसलाको लागि कानुन व्यवसायीको भूमिका महत्वपूर्ण’

कार्यक्रममा बोल्दै न्यायाधीश मेघराज पोखरेलले गुणस्तरीय फैसलाको लागि कानुन व्यवसायीको भूमिका महत्वपूर्ण रहने बताए।
‘गुणस्तरीय फैसलाको लागि कानुन व्यवसायीको भूमिका महत्वपूर्ण’

काठमाडौं, साउन २० : दोलखा कानुन व्यवसायी समाजले सर्वाेच्च अदालतका न्यायाधीश बलराम केसी, हरिप्रसाद फुयाल र दोलखा कानुन व्यवसायी समाजका अध्यक्ष समेत रहेका मेघराज पोखरेललाई सम्मान गरेको छ। 

मंगलबार सर्वाेच्च अदालतको न्यायाधीश पदका सिफारिस हुन सफल भएकोमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो। 

कार्यक्रममा बोल्दै न्यायाधीश मेघराज पोखरेलले गुणस्तरीय फैसलाको लागि कानुन व्यवसायीको भूमिका महत्वपूर्ण रहने बताए। उनले कानुन व्यवसायीहरुमा ज्ञानको पुञ्ज हुनुपर्ने भन्दै त्यसबाट न्यायाधीशले गुणस्तरीय फैसला दिन सक्ने बताए। 

‘कानुन व्यवसायीबाट न्यायकर्मीको रुपमा परिणत भएको छ। यसमा म बुझ्दै छु प्रयास गर्दैछु। मलाई के लागिरहेको छ भने कानुन व्यवसायीको भुमिका महत्वपूर्ण छ। कानुन व्यवसायीहरुमा ज्ञानको पुञ्ज हुनुपर्ने रहेछ,’ उलने भने, ‘दुईथरी वहस र पैरवी गरेर विभिन्न अनुसन्धानहरु गरेर न्यायाधीशलाई दिने हो भने न्यायाधीशले मह काढेजस्तै काढेर आफ्नो फैसलालाई गुणस्तरीय बनाउने हो।’
 
यस्तै कार्यक्रममा न्यायाधीश बलराम केसी र हरि प्रसाद फुयालले न्याय पक्षलाई विश्वासिलो र गुणस्तरीय बनाउन आफ्नो योगदान रहने धारणा व्यक्त गरे। 
 

प्रकाशित मिति: १८:५१ बजे, मंगलबार, साउन २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्