Kathmandu Press

थप ४५५ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैं, असाेज २८ : बिहीबार देशभर पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।३ हजार ४ सय १८ पीसीआर...
थप ४५५ जनामा काेराेना संक्रमण पुष्टि
Hardik ivfHardik ivf

काठमाडाैं, असाेज २८ : बिहीबार देशभर पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

३ हजार ४ सय १८ पीसीआर परीक्षण गर्दा ३९८ जना र २ हजार ७९६ एन्टिजेन परीक्षण गर्दा ५७ गरी ४५५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। साथै, ८०४ जना कोरोनामुक्त भएका छन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४ हजार २७६ पुगेको छ। साथै, मृत्‍यु हुनेको कुल संख्या ११ हजार २६९ पुगेको छ। त्यस्तै, ७ लाख ७९ हजार १५४ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ रहेको छ। जसमध्ये १२ हजार ७९१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६२ जना संस्थागत आइसोलेसनमा रहेका छन्। 

कोरोनाका बिरामीमध्ये ३१० जना आईसीयू र १०५ जना भेन्टिलेटरमा उपचाररत् छन्। यस्तै २३० जना क्वारेन्टाइनमा रहेका छन्।

यस्तै १० वर्ष मुनिका ४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३० जना कोरोना संक्रमित थपिएका छन्।

प्रकाशित मिति: १७:४९ बजे, बिहीबार, असोज २८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्