Kathmandu Press

चक्रे मिलनसहित १९ जनालाई ७ दिनको थुना अनुमति

उनीरुलाई बिहीबार राति महाराजगञ्जको एक होटलबाट पक्राउ गरिएको थियो। जिल्ला प्रशासनले उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार अनुमति दिएको हो। 
चक्रे मिलनसहित १९ जनालाई ७ दिनको थुना अनुमति

काठमाडौं, साउन १६ : गुण्डा नाइकेका रुपमा परिचित चक्रे मिलन भनिने मिलन गुरुङको जन्मदिन पाटीबाट प्रहरीले पक्राउ गरेका १९ जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ। 

उनीरुलाई बिहीबार राति महाराजगञ्जको एक होटलबाट पक्राउ गरिएको थियो। जिल्ला प्रशासनले उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार अनुमति दिएको हो। 

उनीहरुमाथि अभद्र व्यवहारको आरोपमा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले हिरासतमा राख्न माग राखेर जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो। म्याद थप गरिएकामा चक्रे मिलनसहित गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्का रहेका छन्। 

यसैगरी यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाहीलाई पनि हिरासतमा राखिने छ। 
 
प्रकाशित मिति: १७:४६ बजे, शुक्रबार, साउन १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्