Kathmandu Press

नर्वेमा तीर आक्रमण पाँचको मृत्यु

ओस्लो, असोज २८ : नर्वेको राजधानी ओस्लोदेखि दक्षिण-पश्चिममा पर्ने कोंग्सबर्गमा बुधबार साँझ एक व्यक्तिले गरेको तीर आक्रमणमा परी पाँच व्यक्तिको हुनुका साथै साथै अन्य...
नर्वेमा तीर आक्रमण पाँचको मृत्यु

ओस्लो, असोज २८ : नर्वेको राजधानी ओस्लोदेखि दक्षिण-पश्चिममा पर्ने कोंग्सबर्गमा बुधबार साँझ एक व्यक्तिले गरेको तीर आक्रमणमा परी पाँच व्यक्तिको हुनुका साथै साथै अन्य दुई घाइते भएका प्रहरी स्रोतले जनाएको छ। स्थानीय समयानुसार बुधबार साँझ ६ः१३ बजे उक्त आक्रमण भएको बताइएको छ। 

सन्दिग्ध आक्रमणकारी ३७ वर्षीय डेनिश नागरिकलाई गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएको छ। डेनिस नागरिकले अन्धाधुन्ध एक्लै तीर आक्रमण गरेको प्रहरीको अनुमान रहेको छ। के–कति कारण आक्रमण भएको सो भने थाहा हुन नसकेको प्रहरीले जनाएको छ।

Hardik ivf

हताहत भएकाहरुका केही सुपरमार्केटमा फेला परेका थिए। जसमध्ये ड्युटीमा नरहेका एकजना प्रहरी अधिकारीको अस्पतालमा उपचार भइरहेको बताइएको छ।

नर्वेकी प्रधानमन्त्री एर्ना सोल्बर्ग डरलाग्दो आक्रमण भएको भनी यस आक्रमणको निन्दा गर्नुभएको छ। यो कार्य आतङ्कवादीको हो या होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताएका छन्। 

‘घटनापछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले ‘मलाई थाहा छ कि धेरै मानिसहरू त्रसित भएका छन्,’ उनले भनेका छन्, ‘तर अवस्था अहिले प्रहरीको नियन्त्रणमा छ भन्ने कुरा पनि बुझ्नुपर्छ।’

प्रकाशित मिति: १५:५३ बजे, बिहीबार, असोज २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्