धर्म, संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व हो : प्रदेश प्रमुख गुरुङ
गण्डकी, असोज २८ : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धर्म, संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व भएको बताएका छन्।विजयादशमीअन्तर्गत नवमीका अवसरमा आज (बिहीबार) पोखरा–१७...
गण्डकी, असोज २८ : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धर्म, संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व भएको बताएका छन्।
विजयादशमीअन्तर्गत नवमीका अवसरमा आज (बिहीबार) पोखरा–१७ विरौटास्थित राममन्दिरमा पूजाआराधना गर्दै उनले संवैधानिक हकअधिकार उपयोग गर्दै थप अधिकारका लागि निरन्तर अघि बढ्नुपर्ने बताए।
प्रदेश प्रमुख गुरुङले संवैधानिक व्यवस्थाअनुसार नेपाल धर्मनिरपेक्ष घोषणा भएको उल्लेख गर्दै धर्म संस्कृतिले मानिसलाई सत्कर्ममा लाग्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।
राम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लीलाभक्त आचार्यले उनलाई स्वागत गर्दै मन्दिरको गतिविधिबारे अवगत गराएका थिए। मन्दिर परिसरमा स्थानीय समाजसेवीलगायत भक्तजनको सहभागिता थियो।
प्रकाशित मिति: १४:३५ बजे, बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1738923631.jpg)