Kathmandu Press

दुई विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर

कर्णाली, असोज २७ : मध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयले आपसमा शैक्षिक सहयोग एवं द्विपक्षीय सम्बन्धलाई बढावा दिने उद्देश्यले समझदारी पत्र (एमओयू) मा...
दुई विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर
Hardik ivfHardik ivf

कर्णाली, असोज २७ : मध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयले आपसमा शैक्षिक सहयोग एवं द्विपक्षीय सम्बन्धलाई बढावा दिने उद्देश्यले समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्। भारतको पञ्जाबमा मङ्गलबार आयोजित कार्यक्रममा  मध्यपश्चिमका उपकुलपति प्रा डा नन्दबहादुर सिंह र चण्डीगढ विश्वविद्यालयका सहकुलपति प्रा डा आरएस बावले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारी पत्र हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म लागू हुनेछ। सम्झौतापछि दुवै विश्वविद्यालयले शैक्षिक उत्कृष्टता, सङ्काय र विद्यार्थी आदानप्रदान, अनुसन्धान सहयोग, गुणस्तरीय शिक्षा, सकारात्मक वातावरण, परिवर्तनकारी पहल, सांस्कृतिक र प्रासंगिक विकास मोडेल विस्तारका साथै द्विपक्षीय सम्बन्धलाई बढावा दिने बताएका छन्। मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पञ्चदेव भट्टले समझदारीले विश्वव्यापी आवश्यकताहरुको सामना गर्न २१ औं शताब्दीका लागि उपर्युक्त मानव संशाधन तयार गर्न अवसर सिर्जना गर्ने बताए। हस्ताक्षर समारोहमा दुवै विश्वविद्यालयका उच्च पदाधिकारी, प्राध्यापकहरुको सहभागिता थियो।

प्रकाशित मिति: १९:५३ बजे, बुधबार, असोज २७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्