Kathmandu Press

प्रधानमन्त्री ओली साउन १८ गते तुर्केमिनिस्तान जाने

प्रधानमन्त्री ओली साउन १८ गते तुर्केमिनिस्तान जाने
फाइल तस्बिर।

काठमाडौं, साउन १४ : प्रधानमन्त्री केपी ओली तुर्केमिनिस्तान भ्रमणमा जाने भएका छन्। 

प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको बुधबारको बैठकलाई सम्बोधन गर्नेक्रममा उक्त भ्रमणबारे जानकारी गराएका हुन्। प्रधानमन्त्री ओलीले आगामी साउन १८ गते त्यसतर्फ भ्रमण गर्न थालेको जानकारी गराएका हुन्। 

‘हिमालमाथि प्रतिकूल असर भइरहेको छ यसलाई बचाउन चुनौती छ। सगरमाथा संवाद गर्‍यौँ विश्वको ध्यान खिच्यौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘अस्तिभरखर पनि म स्पेन गएँ यीनै विषयमा, साझा विषयमा कसरी सँगै लड्ने भनेर धाराणा राख्यौँ। फेरि यही १८ गते तुर्केमिनिस्तान जाँदैछु।’ 

ओलीले प्राकृतिक रुपमा भएको क्षतिलाई कसरी कम गर्दै लैजाने भन्नेबारे विश्वका विभिन्न मन्चमा सरकारले आफ्नो कुरा स्पष्ट राखेको पनि बताए। 

विकासशील राष्ट्र भइसकेपछि दिगो विकास गन्त्व्य पूरा गर्न लाग्नुपर्ने चुनौती रहेको भनाई उनको छ। 

‘हामी विकासशील राष्ट्र भयौँ भनेर चुप लागेर बस्ने होइन त्यसपछि हामीले दिगो विकास गन्तव्य २०३० भित्र पूरा गर्ने कठोर चुनौती छ,’ उनले भने। 

प्रकाशित मिति: १६:२९ बजे, बुधबार, साउन १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्