Kathmandu Press

बागमती कांग्रेस संसदीय दलको नेताका लागि मतदान जारी 

संसदीय दलको नेताका लागि बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका बहादुर सिंह लामा र सांसद इन्द्रबहादुर बानिया चुनावी मैदानमा छन्। 
बागमती कांग्रेस संसदीय दलको नेताका लागि मतदान जारी 

मकवानपुर, साउन १४ : नेपाली कांग्रेस बागमती संसदीय दलको नेता चयनको लागि मतदान जारी छ।

बागमती प्रदेश सभा परिसरमा कांग्रेस संसदीय दलको नेताका लागि मतदान भइरहेको छ। संसदीय दलको नेताका लागि बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका बहादुर सिंह लामा र सांसद इन्द्रबहादुर बानिया चुनावी मैदानमा छन्। 

Hardik ivf

संसदीय दलमा अविश्वासको प्रस्तावको पक्षमा बहुमत आएपछि दलका नेता लामा पदमुक्त भएका थिए। तर संसदीय दलको नेता चयनका लागि लामा पुनः प्रतिस्पर्धामा उत्रिएका हुन्। 

कांग्रेस बागमती संसदीय दलमा कुल ३७ सांसद रहेका छन्। लामाविरुद्ध अविश्वासको पक्षमा २२ सांसद उभिएका थिए। मतदान प्रक्रिया ३ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ। 

प्रकाशित मिति: १४:४० बजे, बुधबार, साउन १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्