Kathmandu Press

बागमती प्रदेशमा कांग्रेस संसदीय दलको नेता छान्न निर्वाचन समिति गठन

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा मंगलबार बसेको बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले निर्वाचन समिति गठन गर्ने निर्णय लिएको हो। 
बागमती प्रदेशमा कांग्रेस संसदीय दलको नेता छान्न निर्वाचन समिति गठन

मकवानपुर, साउन १३ : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयनका लागि मंगलबार निर्वाचन समिति गठन गरिएको छ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा मंगलबार बसेको बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले निर्वाचन समिति गठन गर्ने निर्णय लिएको हो। 

Hardik ivf

कांग्रेस बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ। सदस्यमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य छन्। अब निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउने छ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्तावको पक्षमा बहुमत जुटेपछि नैतिक संकटमा परेका थिए। 

मंगलबार संसदीय दलमा भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै खसेको थियो । लामाको विपक्षमा २२ मत परेको पछ। 

प्रकाशित मिति: १७:१८ बजे, मंगलबार, साउन १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्