Kathmandu Press

मोतीपुर औद्योगिक क्षेत्रमा झडप, प्रहरीको गोली लाग्दा पाँच घाइते

बुटवल, असाेज २४ : रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा त्यहाँ बस् दै आएका र प्रहरीबीच झडप भएको छ। आज (आइतबार) दिउँसो भएको झडपमा गोली...
मोतीपुर औद्योगिक क्षेत्रमा झडप, प्रहरीको गोली लाग्दा पाँच घाइते
सांकेतिक तस्बिर
Hardik ivfHardik ivf

बुटवल, असाेज २४ : रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा त्यहाँ बस्दै आएका र प्रहरीबीच झडप भएको छ। आज (आइतबार) दिउँसो भएको झडपमा गोली चल्दा पाँचजना घाइते भएका छन्।

औद्योगिक क्षेत्रमा आएर बसेकाहरूलाई प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि ढुंगामुढा भएको  थियो। परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीको गोली चलाएको बताइएको छ। 

पछिल्लो समय मोतीपुर औद्योगिक क्षेत्रमा विभिन्न जिल्लाका मानिसहरू आएर बसिरहेका छन्। स्थानीय प्रशासनले ती मानिसहरूलाई त्यहाँबाट हटाउन खोजिरहेका छ। 

औद्योगिक क्षेत्रमा आएर बसेकालाई हटाउन खोज्दा प्रहरीमाथि ढुंगामुढा भएको रुपन्देहीका प्रजिअ ऋषिराम तिवारीले जानकारी दिएका छन्।

प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको तर विस्तृत विवरण आउन बाँकी रहेको प्रजिअ तिवारीको भनाइ छ। अहिले परिस्थिति नियन्त्रणमा आइसकेको उनले बताए।

औद्योगिक क्षेत्रका बस्दै  आएकहरूले भने प्रहरीले बल प्रयोग गरेपछि झडपको स्थिति आएको बताएका छन्। घाइतेहरूको उपचार भइरहेको बताइएको छ। 

प्रकाशित मिति: १४:५५ बजे, आइतबार, असोज २४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्