Kathmandu Press

देशभरका निजामती कर्मचारी आन्दोलनमा

कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै उनीहरूले आजबाट अनिश्चितकालीन आन्दोलन थालेका छन्।
देशभरका निजामती कर्मचारी आन्दोलनमा

काठमाडौं, जेठ २५ : देशभरका निजामती कर्मचारी आन्दोलनमा उत्रिएका छन्। उनी निजामती सेवा ऐनको विरोधमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका हुन्।

कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै उनीहरूले आजबाट अनिश्चितकालीन आन्दोलन थालेका छन्।

‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’को अगुवाइमा कर्मचारीहरुले आन्दोलन थालेका हुन्।

आजै बसेको समितिको बैठकले अर्को निर्णय नभएसम्म देशभरका सबै राष्ट्रसेवक कर्मचारीहरुले कालोपट्टी बाँधेर सेवा प्रवाह गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: ११:४९ बजे, आइतबार, जेठ २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्