Kathmandu Press

संसदको अवरोध खुलाउन सभामुख देवराज घिमिरेको पहल जारी 

सभामुख घिमिरेले संसदको गतिरोध अन्त्यका लागि सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रखुख सचेतकहरूसँग सिंहदरबारस्थित कार्यकक्षमा छलफल गरेका छन्।
संसदको अवरोध खुलाउन सभामुख देवराज घिमिरेको पहल जारी 

काठमाडौं, जेठ २५ : सभामुख देवराज घिमिरेले संसदको गतिरोध अन्त्य गर्न पहल कदमी जारी राखेका छन्।

सभामुख घिमिरेले संसदको गतिरोध अन्त्यका लागि सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रखुख सचेतकहरूसँग सिंहदरबारस्थित कार्यकक्षमा छलफल गरेका छन्। 

घिमिरेले एमालेका प्रुमख सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेसँग छुट्टाछुट्टै छलफल गरेका हुन्। 

गत जेठ १५ गते बजेट भाषण भएपछि प्रतिनिधि सभा बैठक बस्न सकेको छैन। भिजिट भिषा प्रकरणमा नेकपा माओवादी केन्द्र, रास्वपालगायतका प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विरोध र अवरोध जारी राखेका छन्। 

संसद्मा विपक्षीको अवरोधका कारण बजेटमाथिको छलफल समेत अघि बढ्न सकेको छैन। 

आइतबार प्रतिनिधि सभा बैठक १ बजेका लागि तय गरिएको छ।

प्रकाशित मिति: १२:४४ बजे, आइतबार, जेठ २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्