Kathmandu Press

मन्त्री यादवले गरे शङ्खधर साख्वाधर पार्कको उद्घाटन

समारोहमा मन्त्री यादवले शङ्खधर साख्वाधरजस्ता राष्ट्रसेवकको योगदान सम्झन लायक भएको उल्लेख गर्दै यस्ता सार्वजनिक स्थलले समाजमा ऐतिहासिक चेतना जगाउने बताए। 
मन्त्री यादवले गरे शङ्खधर साख्वाधर पार्कको उद्घाटन

वीरगञ्ज, जेठ २५ : खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–४ स्थित शङ्खधर साख्वाधर पार्कको उद्घाटन गरेका छन्। 

मन्त्री यादवले शनिबार एक विशेष कार्यक्रमकाबीच वीरगन्ज महानगरपालिका–४ मा निर्माण सम्पन्न भएको उक्त शङ्खधर साख्वाधर पार्कको भव्य समारोहकाबीच उद्घाटन गरका हुन्। 

समारोहमा मन्त्री यादवले शङ्खधर साख्वाधरजस्ता राष्ट्रसेवकको योगदान सम्झन लायक भएको उल्लेख गर्दै यस्ता सार्वजनिक स्थलले समाजमा ऐतिहासिक चेतना जगाउने बताए। 

Photo-(1)-(9)-1749360550.jpg

उक्त पार्क हिजोदेखि विधिवत रूपमा सर्वसाधारणका लागि सञ्चालनमा आएको एवं हरियाली, विश्राम स्थल र सांस्कृतिक सौन्दर्यले सजिएको यो पार्क वीरगञ्ज महानगरवासीका लागि नवीन श्वास र सामुदायिक मेलमिलापको थलो बन्ने मन्त्री यादवले विश्वास व्यक्त गरे। 

पार्क उद्घाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेमान सिंह, स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। 

Photo-(2)-(7)-1749360550.jpg
 

वीरगन्जमा यस किसिमको सुन्दर र व्यवस्थित पार्कले शहरको सौन्दर्य र पर्यावरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ 
 

प्रकाशित मिति: ११:१४ बजे, आइतबार, जेठ २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्