Kathmandu Press

संसद् भवनमा विपक्षी दलहरुको बैठक 

प्रमुख प्रतिपक्षी नेकपा माओवादीको आह्वानमा विपक्षी दलहरुको बैठक बसेको हो। संसद् अवरोधका विच अबको रणनीति के हुने भन्ने बिषयमा छलफल चलिरहेको जनाइएको छ।  
संसद् भवनमा विपक्षी दलहरुको बैठक 

काठमाडौं, जेठ २५ : भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लखेककको राजीनामा मागसहित संसद् अवरोध गर्दै आएका विपक्षी दलहरुको बैठक बानेश्वरस्थित संसद् भवनमा बसेको छ। 

प्रमुख प्रतिपक्षी नेकपा माओवादीको आह्वानमा विपक्षी दलहरुको बैठक बसेको हो। संसद् अवरोधका विच अबको रणनीति के हुने भन्ने बिषयमा छलफल चलिरहेको जनाइएको छ।  

Hardik ivf

बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायत दलहरु सहभागी छन्। 

सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्षविहिन बनेपछि विपक्षी दल छलफलमा जुटेका हुन्। 

सत्ता पक्षले भने गृहमन्त्रीले राजीनामा अडान लिएको छ। 


 

प्रकाशित मिति: १३:१५ बजे, आइतबार, जेठ २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्