Kathmandu Press

हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने

हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने

काठमाडौं, असोज २२ : हिमालयन बैंक लिमिटेडले बोनस सेयर र नगद गरी २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

बुधबार बसेको सञ्चालक समितिको ४१२औं बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको हो।

नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश वितरण गरिने सञ्चालक समितिले जनाएको छ।

प्रकाशित मिति: १४:५१ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्