Kathmandu Press

एकीकृत समाजवादीमा ११ सदस्यीय केन्द्रीय सचिवालय, किन परिनन् झाँक्री ?

पार्टी केन्द्रीय सचिवालय दैनिक कार्यालय सञ्चालनको उद्देश्यले बनाइएको र त्यो ’पोर्टफोलियो’ नभएको उनले बताइन् । उनले सो सचिवालय तत्कालीन नेकपामा रहेको ‘हाई कमान्ड’ले जस्तो काम गर्नेगरी नबनाइएकाे उनले जानकारी दिइन्।
एकीकृत समाजवादीमा ११ सदस्यीय केन्द्रीय सचिवालय, किन परिनन् झाँक्री ?
Hardik ivfHardik ivf

काठमाडौं, असोज २२ : नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा ११ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ।

बिहीबार बसेको स्थायी कमिटी बैठकद्वारा गठित सचिवालयमा अध्यक्ष नेपाललगायत वरिष्ठ नेता झलनाथ खनाल, तेस्रो वरीयताका नेता मुकुन्द न्यौपाने, उपाध्यक्षहरू राजेन्द्र पाण्डे, प्रमेश हमाल, जयन्ती राई, महासचिव वेदुराम भुसाल र उपमहासचिवहरू जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र गंगालाल तुलाधर रहेका छन्।

एकीकृत समाजवादी गठनदेखि लिएर संगठन निर्माणमा जोडतोडका साथ लागिरहेकी नेत्री रामकुमारी झाँक्री भने सचिवालयमा नरहेको भनेर चर्चा चलिरहेको छ। तर उनले भने सचिवालयमा रहनु र नरहनु खासै महत्वपूर्ण विषय नभएको स्पष्ट पारिन्।

११ सदस्य मात्र रहनेगरी सचिवालय बनेकाले पनि चार उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ प्रसाद साह र चार सचिव नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री सचिवालयमा नपरेका बताइएकाे छ।

पार्टी केन्द्रीय सचिवालय दैनिक कार्यालय सञ्चालनको उद्देश्यले बनाइएको र त्यो ‘पोर्टफोलियो’ नभएको उनले बताइन् । उनले सो सचिवालय तत्कालीन नेकपामा रहेको ‘हाई कमान्ड’ले जस्तो काम गर्नेगरी नबनाइएकाे उनले जानकारी दिइन्।

पार्टी निर्माणका सिलसिलामा देशभरि घुमिरहनुपर्ने भएकाले केन्द्रीय सचिवालयमा बसेर काम गर्न कठिनाइ हुने उनको भनाइ छ।

‘सचिव पदमा छु । संगठन निर्माणमा देशभरि घुम्नुपर्छ। दैनिक कार्यालय उपस्थित भएर काम गर्न पनि भ्याइँदैन। त्यसकारण केन्द्रीय सचिवालयमा नरहेकी हुँ,’ उनले भनिन्, ‘सचिवालयमा नसमेटिएको विषयलाई त्यस्तो महत्वका साथ लिनुपर्ने अवस्था हाेइन।’

तर एमालेमा हुँदैदेखि नै नेता नेपाललाई बलियो साथ दिँदै आएकी र पछिल्लो समय पार्टीभित्र जल्दोबल्दो नेत्रीको परिचय बनाएकी झाँक्री सचिवालयमा नपरेपछि राजनीतिक वृत्तमा त्यसबारे बढी नै चर्चा चलिरहेको छ।  

आज विस्तार हुने लागेको मन्त्रिपरिषदमा नाम पर्‍याे कि परेन भन्ने विषयमा भने उनले केही जानकारी नभएको प्रतिक्रिया दिइन्। 

प्रकाशित मिति: १२:४७ बजे, शुक्रबार, असोज २२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्