साहस ऊर्जाकाे आइपिओ बाँडफाँट : ६ लाख ४४ हजार आवेदनकलाई १०/१० कित्ता
काठमाडौं, असोज १७ : साहस ऊर्जा कम्पनीले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको प्रथमिक सेयर (आइपिओ) आज (आइतबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटको...
काठमाडौं, असोज १७ : साहस ऊर्जा कम्पनीले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको प्रथमिक सेयर (आइपिओ) आज (आइतबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटको कार्यालयमा आइपिओ बाँडफाँट गरिएको हो।
क्यापिटलका अनुसार ६ लाख ४४ हजार आवेदनकले १० कित्ताका दरले सेयर पाएका छन्। आईपिओका लागि २३ लाख ८३ हजार ४ सय ६० जनाले आवेदन दिएका थिए। तीमध्ये १२ हजार ९ सय ९६ जनाको आवेदन रद्द भएको जनाइएको छ।
कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँबराबरको ७० लाख कित्ता सेयर निष्कासनमा ल्याएको थियो।
त्यसबाट ३ प्रतिशत (२ लाख १० हजार कित्ता) सेयर कर्मचारी र ५ प्रतिशत (३ लाख ५० हजार कित्ता) सेयर सामूहिक लगानी कोषलाई छुट्याएपछि बाँकी ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई वितरण गरिएको कम्पनीले जनाएको छ।
प्रकाशित मिति: १२:०३ बजे, आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार