Kathmandu Press

इजरायलका विद्यालयमा खोप नलगाएका शिक्षकलाई प्रतिबन्ध

इजरायलका विद्यालयमा खोप नलगाएका शिक्षकलाई प्रतिबन्ध

तेल अभिभ, असोज ८ : इजरायलमा कोरोना भाइरसविरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको छ।  

कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको शिक्षा मन्त्रालयले बिहीबार जनाएको छ।

Hardik ivf

सरकारले विद्यालय सञ्चालन गर्ने र त्यहाँ सहभागी सबैले कोरोना भाइरसविरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने व्यवस्था गरेको छ। 

कोरोनाभाइरस विरुद्धको खोप लगाएको कार्ड देखाएपछि मात्रै विद्यालय प्रवेश गर्न दिने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन्। 

विद्यालयमा कोरोना भाइरसको महामारी नफैलियोस् भन्ने उद्देश्यले खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिने व्यवस्था गरिएको उनीहरूले जनाएका छन्। 

त्यसैगरी यो निर्णयले सबैलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन दबाब सृजना गर्ने पनि सरकारी अधिकारीहरुले विश्वास व्यक्त गरेका छन्। 

सरकारले देशभरि खोप अभियानलाई तीव्रता दिएको छ। विशेष गरेर शिक्षा क्षेत्रका व्यक्तिहरुलाई अहिले खोपका लागि प्राथमिकता दिइएको छ। 

प्रकाशित मिति: १३:५८ बजे, शुक्रबार, असोज ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्