Kathmandu Press

ट्रान्सफर्मर चोरी गर्दै गरेको अवस्थामा १ जना पक्राउ 

ट्रान्सफर्मर चोरी गर्दै गरेको अवस्थामा १ जना पक्राउ 
Hardik ivfHardik ivf

काठमाडौं, असोज ६ : चन्द्रागिरि नगरपालिका ११ स्थित सामसुङ टिभि कारखानाको कम्पाउण्डमा राखिएको विद्युतको ट्रान्सफर्मर चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा धादिङ गल्छि गाउँपालिका ८ का ४३ वर्षीय नारायण थापा रहेका छन्। 

असोज २ गते राति थापा लगायत ४ जनाले ट्रान्सफर्मर चोरी गरी हिँड्न लागेको अवस्थामा स्थानीय बासिन्दाहरु नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई शनिबार बेलुका पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट १ थान फलाम काट्ने कटर, १ थान पेन्चिस, १ थान फलामको डण्डी, १ थान स्क्रुड्राईभर, ११ थान बिभिन्न साईजको रेन्ची, २ थान कपडाको सल, ३ थान प्लाष्टिकको बोरा, १ थान ट्रान्सफर्मर र १ थान ट्रान्सफर्मर तान्न प्रयोग भएको रवरको फिता डोरीसहित फेला पारी उनलाई पक्राउ गरेको हो। 

प्रहरीले चोरीमा संलग्न हाल फरार रहेका अन्य ३ जनाको खोजी गरिरहेको छ। थापा उपर मुलुकी फौजदारी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

प्रकाशित मिति: १८:४६ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्