Kathmandu Press

मधेश प्रदेशका विपक्षी दलहरुले बुझाए मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

ध्यानाकर्षण पत्रमा मुख्यतः मधेश प्रदेशमा हाल विद्दमान रहेको पानीको समस्यालाई केन्द्रित गरिएको छ। 
मधेश प्रदेशका विपक्षी दलहरुले बुझाए मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

जनकपुर, साउन १५ : मधेस सरकारले मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुबाहेक केही गर्न नसकेको भन्दै विपक्षी दलहरुले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

शुक्रबार मधेश प्रदेशमा प्रतिपक्षी दलहरुमा रहेका जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका सांसदहरुले मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई संयुक्त रुपमा ९ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएका हुन्।

ध्यानाकर्षण पत्रमा मुख्यतः मधेश प्रदेशमा हाल विद्दमान रहेको पानीको समस्यालाई केन्द्रित गरिएको छ। 

किसानका लागि सिचाई र प्रदेशवासीका लागि पिउने पानीको व्यवस्था मिलाउन सरकारलाई ठोस नितिको व्यवस्था गर्न ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति: २०:४५ बजे, शुक्रबार, साउन १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्