Kathmandu Press

पीडित पुनः भेटघाट कार्यक्रम-२०७८ सुरूवात

पीडित पुनः भेटघाट कार्यक्रम-२०७८ सुरूवात

मोरङ, असोज ४ : जिल्ला प्रहरी कार्यालय मोरङ र मातहत प्रहरी इकाइ समेतले पीडित पुनः भेटघाट कार्यक्रम २०७८ को असोज १ गतेबाट सुरूवात गरेको छ।

पीडक (कसुरदार) लाई कानुनबमोजिमको दण्ड दिनु, समाजलाई अपराध र अपराधको भयबाट मुक्त राख्नु र पीडितलाई कानुनबमोजिम उचित न्यायीक उपचार उपलब्ध गराउने उद्देश्यका साथ पीडितमैत्री वातावरण सिर्जना गर्दै, पीडक र निजको पक्षबाट पीडितलाई हुन सक्ने दवाव, प्रभाव तथा हस्तक्षेपलाई रोक्न, पीडितलाई सुरक्षित अनुभूति गराउन, पीडितको पिडा कम गर्दै आत्मबल अभिवृद्धि गर्न र पीडितलाई कानून बमोजिम सहयोग गर्नका लागि उक्त कार्यक्रमको सुरुवात गरिएको हो।

Hardik ivf

कार्यक्रम सुरूवातको क्रममा २०४२ भदौ १८ गते भएको खुन डाँका मुद्दाका पीडितसँग जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसी सहितको टोलीले भेटी पीडित पुनस् भेटघाट कार्यक्रम शुरू गरिएको हो। उक्त घटनामा संलग्न रही फरार मोरङ कटहरी गाउँपालिका–७ तकिया बस्ने ८७ वर्षीय उजारू चौधरी थारू र सोही ठाउँ बस्ने ५० वर्षीय शिवना सरदार वातरलाई ३६ वर्ष पछाडि गत भदौ ९ गते पक्राउ गरी कानूनी कारवाही भएको जानकारी गराउँदा पीडितले न्याय पाएकोमा खुशी व्यक्त गरे।

साथै मातहत कार्यालयहरूबाट समेत अन्य स्थानका पीडितहरूलाई प्रहरी घरमै पुगेर प्रत्यक्ष भेटघाट गरी कानूनी परामर्श, प्रकृयाको जानकारी र पिडकलाई कानूनी कारवाही सम्बन्धमा जानकारी गराउँदा सबैले खुशी ब्यक्त गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रकाशित मिति: १८:०१ बजे, सोमबार, असोज ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्