Kathmandu Press

बागमतीमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान

प्रदेश पमुख देवकोटाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि आव्हान गरेका छन्। 
बागमतीमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान

काठमाडौं, साउन १९ : बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेश प्रमुखबाट आव्हान भएको छ। 

सोमबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आव्हान गरेका हुन्। मुख्यमन्त्रीबाट बहादुरसिंह लामाले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाइएको हो। 

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम लामाको राजीनामा स्वीकृत भएको बताउँदै ै संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गर्न आह्वान गरेका छन्।

प्रदेश पमुख देवकोटाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि आव्हान गरेका छन्। 

साउन २० गते मंगलबार दिउँसो २ बजेभित्र प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न भनिएको छ।

प्रकाशित मिति: १५:२३ बजे, सोमबार, साउन १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्