कुलिङ पिरियड गडबडीबारेकाे छानविन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश
प्रतिनिधिसभामा प्रतिवेदन पेस गर्दै सभापति जीवन परियारले चार वटा कार्यदेश दिइएको स्मरण गरे।
काठमाडौं, साउन २० : संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडसम्वन्धी गडबडी छानबिन गर्न बनेको संसदीय छानविन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा समितिका सभापति जीवन परियारले छानविन प्रतिवेदन पेश गरेका हुन्।
प्रतिनिधिसभामा प्रतिवेदन पेस गर्दै सभापति परियारले चार वटा कार्यदेश दिइएको स्मरण गरे। जसमा २ वर्ष कुलिङ पिरियड राख्ने राजनीतिक सहमति अनुसारको विधेयकको दफा ८२ को उपदफा ४ र ५ मा तादम्यता कायम नरहनुको कारण खोज्न भनिएको थियो।
प्रतिवेदनमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई मुख्य दोषी किटान गरिएको छ। साथै विषयगत र प्रत्यक्ष संलग्न भएकालाई समेत जिम्मेवार भनिएको छ।
सभापतिको हैसियतले खतिवडाले आफ्नो भूमिका पूरा गर्न नसकेको प्रतिवेदनको निष्कर्ष छ। यस्तै, सरकारका मुख्यसचिव, सामान्य प्रशासन मन्त्रालयका सचिव, मन्त्रिपरिषद् कार्यालयका कानुन सचिवले पदीय आचरण आचरणअनुसार काम नगरेको बताइएको छ।
समितिमा सभापतिमा परियार थिए भने कंग्रेसका सांसद सुशीला थिङ, एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादीका माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन कार्की सदस्य थिए।



-1765194974.jpg)





-1765194974.jpg)


