Kathmandu Press

बागमतीको मुख्यमन्त्रीका लागि बानियाँले पेश गरे दाबी

नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियासहित प्रदेश प्रमुखकाे कार्यालय पुगेर बानियाँले ख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका छन्।
बागमतीको मुख्यमन्त्रीका लागि बानियाँले पेश गरे दाबी

मकवानपुर, साउन १९ : बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन्।

सोमबार दिउँसो मात्रै प्रदेश प्रमुखको कार्यालयले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री चयनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुखले दाबी पेश गर्न आव्हान गरेलगत्तै नेकपा एमालेको समर्थनमा बानियाँले दाबी पेश गरेका हुन्।

नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियासहित प्रदेश प्रमुखकाे कार्यालय पुगेर बानियाँले ख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका छन्।

मुख्यमन्त्रीबाट बहादुरसिंह लामाले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाइएको हो। 

प्रकाशित मिति: १६:१३ बजे, सोमबार, साउन १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्