Kathmandu Press

अष्ट्रेलियाको मेलबर्न शहरमा लकडाउन हटाइँदै

मेलबर्न, असोज ३ : सरकारी लक्ष्यअनुुसारको खोप कार्यक्रम अन्तर्गतको रोडम्यप पूरा भएमा अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा अक्टोबरको अन्त्यमा कोरोना भाइरसको कारण भएको...
अष्ट्रेलियाको मेलबर्न शहरमा लकडाउन हटाइँदै

मेलबर्न, असोज ३ : सरकारी लक्ष्यअनुुसारको खोप कार्यक्रम अन्तर्गतको रोडम्यप पूरा भएमा अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा अक्टोबरको अन्त्यमा कोरोना भाइरसको कारण भएको लकडाउनको अन्त्य हुने बताइएको छ।  

मेलबर्न शहरमा करिब ५० लाख मानिस गत अगस्ट ५ देखि घरमै बस्न आदेश दिइएको थियो। कोरोना महामारीको क्रममा मेलबर्न शहरमा यो छैठौँ पटकको लकडाउन हो। 

Hardik ivf

मेलबर्न पनि सामेल रहेको भिक्टोरिया राज्यका अधिकारी लकडाउन हटाइने घोषणा गरेका जनाइएको छ।  

लकडाउन समाप्त हुनेछ अत्यावश्क कामका लागी तपाइँको घर छोड्न पाउने र कर्फ्यू अब रहने छैन, केही प्रतिबन्ध भने बाँकी रहने छ, मेलबर्नका एक स्वास्थ्य अधिकारीले बताएका छन्। 

लकडाउन समाप्त हुने र सीमित कारणका लागि घर छोड्नुपर्ने र कर्फ्यूको अवस्था अब नरहने पनि ती अधिकारीले जनाएका छन्।

प्रकाशित मिति: १८:२२ बजे, आइतबार, असोज ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्