Kathmandu Press

रञ्जिताले छाडिन नाउप अध्यक्ष, कार्यबहाकको जिम्मेवारी बास्तोलालाई

वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कायवाहकको जिम्मेवारी दिएर श्रेष्ठ अध्यक्षकाे जिम्मेवारीबाट अलग भएकी हुन्। 
रञ्जिताले छाडिन नाउप अध्यक्ष, कार्यबहाकको जिम्मेवारी बास्तोलालाई

काठमाडौं, साउन ११ : रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टी (नाउपा) काे अध्यक्षको जिम्मेवारीबाट अलग भएकी छन्। 

नाउपाका वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कायवाहकको जिम्मेवारी दिएर श्रेष्ठ अध्यक्षकाे जिम्मेवारीबाट अलग भएकी हुन्। 

पार्टीमा विवाद बढ्दै जाँदा शुक्रबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले २४ घन्टाभित्र बैठक डाक्न अल्टिमेटम समेत दिएका थिए। 

श्रेष्ठले आफू अस्वस्थ रहेको बताउँदै बास्तोलाई कार्यवाहकको जिम्मेवारी दिएको पत्रका उल्लेख गरेकी छिन्।

‘मेरो स्वास्थ्य अवस्थाका कारण पार्टीको दैनिक कार्य सञ्चालन र महत्त्वपूर्ण निर्णय प्रक्रियामा मेरो भौतिक उपस्थिति सम्भव नदेखिएकोले पार्टीको कार्यप्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो निर्णय गरिएको छ,’ उनले पत्रमा भनेकी छिन्।

प्रकाशित मिति: १६:३८ बजे, आइतबार, साउन ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्