Kathmandu Press

बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो

टाका, असोज ३ : बंगलादेशमा चीनमा निर्मित कोरोनाविरुद्धको थप ५० लाख खोप लगिएको छ। सो खोप शनिबार बगलादेश पुगेको बताइएको छ। चिनियाँ कम्पनी सिनोफार्मद्धारा निर्माण...
बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो

टाका, असोज ३ : बंगलादेशमा चीनमा निर्मित कोरोनाविरुद्धको थप ५० लाख खोप लगिएको छ। सो खोप शनिबार बगलादेश पुगेको बताइएको छ। 

चिनियाँ कम्पनी सिनोफार्मद्धारा निर्माण गरिएको सो खोप चीनको सहयोगमा बगलादेश पुगेको बताइएको हो। बंगलादेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मैदुल इस्लाम प्रोधानले सो कुराको जानकारी दिए। 

Hardik ivf

प्रवक्ता मैदुलले भने– शनिबार बंगलादेशको राष्ट्रिय एयरलाइन्स् विमान बंगलाबाट अपरान्ह २ बजे ५० लाख डोज खोप बंगलादेश आइपुगेको छ। चीन सरकारसँग भएको महामारी विरुद्धको लडाइँमा सहयोगस्वरुप बंगलादेशले सो खोप प्राप्त गरेको हो। चीन सरकारले बंगलादेशलाई यसअघि पनि खोप सहयोग गरेको थियो। 

बंगलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म बगलादेशले चीनबाट करिब २ करोड ५० खोप सहयोग गरेको छ। यो सबै चीनले अनुदान स्वरुप बंगलादेशलाई उपलब्ध गराएको खोप भएको पनि बताइएको छ। 
 

प्रकाशित मिति: १६:११ बजे, आइतबार, असोज ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्