Kathmandu Press

पाकिस्तानको पञ्जाबमा भिषण बाढी, साढे १४ लाख मानिस प्रभावित

पाकिस्तानको कसुर जिल्लाको गण्डासिंह हेडवक्र्समा शुक्रबार पानीको बहाव ३ लाख ८५ हजार क्युसेक नाघेर ‘अत्यन्तै उच्च’ स्तरमा पुगेको छ।
पाकिस्तानको पञ्जाबमा भिषण बाढी, साढे १४ लाख मानिस प्रभावित

इस्लामावाद, भदौ १४ : पाकिस्तानको पञ्जाब प्रान्तले दशकमै सबैभन्दा भीषण बाढीको सामना गरिरहेको छ। जसले गर्दा १४ लाख ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। 

पाकिस्तानी पत्रिका डनलाइ उदृत गर्दै भारतीय सञ्चार माध्यम एएनआईले भारी मनसुनी वर्षाले पाकिस्तानमा निरन्तर क्षति पु¥याइरहेको जनाएको छ।

पाकिस्तानको कसुर जिल्लाको गण्डासिंह हेडवक्र्समा शुक्रबार पानीको बहाव ३ लाख ८५ हजार क्युसेक नाघेर ‘अत्यन्तै उच्च’ स्तरमा पुगेको छ।

Hardik ivf

जुन पछिल्लो ३० वर्ष यताकै सबैभन्दा ठुलो बाढी हो। चुनियाँ तहसील भनिने स्थानका नौ वटा गाउँलाई बाढीले मुख्य सडकसँग सम्पर्कविहीन बनाएका छन् भने सेना र प्रहरीले स्थानीयवासीलाई सुरक्षित स्थलमा सार्ने कार्य थालेका छन्।

पञ्जाब प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) का महानिर्देशक इरफान अली काठियाले कसुर शहरलाई जोगाउन रहिमयार तटबन्ध जानाजानी फोडिएको पुष्टि गरेका छन् । यसैबीच, रावी नदीमा पनि पानीको बहाव स्तरमा पुग्दै दर्जनौं गाउँ बस्तीहरु जोखिममा परेका छन्।

बाहावलपुर र मुल्तानका उपनगर र ग्रामीण बस्तीहरू पनि गम्भीर खतरा अन्तर्गत रहेका छन्। सतलज र चेनाब नदीको पानी सतह बढ्दै गएपछि बाहावलपुर नजिकै सतलजको किनारदेखि दुईदेखि तीन किलोमिटरभित्रका बस्ती डुबानमा पर्ने आशंका गरिएको छ।

सरकारले दशकमै सबैभन्दा ठूलो उद्धार तथा विस्थापन अभियान सुरु गरेको छ। हेड त्रिम्मु नजिक चेनाब नदीको सतह अझै बढ्ने अनुमान गरिएको छ। यसबीच, १ हजार ४ सयभन्दा बढी गाउँहरू तटबन्ध फोडिएका कारण डुबानमा परिसकेका छन्।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले आगामी सेप्टेम्बरको सुरुवातसम्म पनि वर्षा जारी रहने सम्भावना भएकाले थप बाढी, पहिरो र बाली नष्ट हुने जोखिम बढ्ने चेतावनी दिएको छ।

पाकिस्तान मनसुनी बाढीको दीर्घकालीन जोखिममा रहने देश हो। सन् २०२२ मा आएको विनाशकारी बाढीले १ हजार ७ सय भन्दा बढी मानिसको ज्यान लिएको थियो भने लाखौँलाई विस्थापित गरेको थियो । उक्त बाढीले पाकिस्तानमा करिब ४० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति पु¥याएको थियो।

प्रकाशित मिति: १८:४० बजे, शनिबार, भदौ १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्