Kathmandu Press

अल्जेरियाका पूर्व राष्ट्रपति बौटेफ्लीकाको निधन

अल्जेरस, असोज २ : अल्जेरियाका पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको निधन भएको छ। उनको शुक्रबार ८४ वर्षको उमेरमा निधन भएको सार्वजनिक टेलिभिजनले समाचार प्रसारण गरेको...
अल्जेरियाका पूर्व राष्ट्रपति बौटेफ्लीकाको निधन

अल्जेरस, असोज २ : अल्जेरियाका पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको निधन भएको छ। 

उनको शुक्रबार ८४ वर्षको उमेरमा निधन भएको सार्वजनिक टेलिभिजनले समाचार प्रसारण गरेको छ। 

Hardik ivf

सन् २०१९ मा राजीनामा गर्नुअघिसम्म उनले झण्डै दुई दशक अल्जेरियामा शासन गरेका थिए।  

उनले आन्दोलनकारीको चर्को दवाव, लामो र ठूलो आन्दोलनपछि मात्रै राजीनामा दिएका थिए।

देशमा लामो समयसम्म शक्तिशाली व्यक्तिका रूपमा रहेका अब्डेलाजिलले सन् २०१९ को अप्रिलमा राजीनामा दिएका थिए।  

आफूलाई राजीनामा दिनका लागि सेनाले समेत दवाव दिएको उनले बताएका थिए। उनले राष्ट्रपतिको रूपमा पाँचौ कार्यकाल सम्हाल्नै लाग्दा आन्दोलन भएको थियो।

आन्दोलनबाट सत्ताबाट बाहिरिएका अब्डेलाजिज पश्चिमी अल्जेरियामा बस्दै आएका थिए। उनी लामो समयदेखि सार्वजनिक भएका थिएनन्। फ्रान्सेली उपनिवेशबाट मुलुकलाई मुक्त गरेपछि उनी पहिलो पटक सन् १९९९ मा राष्ट्रपति भएका थिए। 

फ्रान्सेली उपनिवेश हटाउने संघर्षका क्रममा झण्डै २० हजार जनाको मृत्यु भएको थियो। देशलाई उपनिवेशबाट मुक्त गराउने संघर्षको नेतृत्वकर्ताको रूपमा र राष्ट्रपतिको रूपमा उनले गरेको योगदानका कारण उनी उच्च सम्मानित थिए।

प्रकाशित मिति: १५:०३ बजे, शनिबार, असोज २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्