दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न उच्चकाे आदेश
उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँको यसअघिको आदेश बदर गर्दै प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
काठमाडौं, साउन १९ : उच्च अदालत पाटनले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँको यसअघिको आदेश बदर गर्दै प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
जिल्ला अदालत काठमाडौंले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । प्रसार्इंसहित तीनकुने घटनाका चार अभियुक्तलाई थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्ने सुविधा दिएको हो।
अदालतले प्रसाईँसँग ३ लाख रुपैयाँ मात्रै धरौटी माग गरेको छ। अर्को बैंकिङ कसुरसम्बन्धी मुद्दामा भने २५ लाख रुपैयाँ धरौटी माग भएको छ।
गत चैत १५ गते भएको तीनकुने घटनाका अन्य अभियुक्तहरू सुशील बराल र तारा राजावादी भन्ने सरोज गौतमसँग जनही ५० हजार रूपैयाँ धरौटी माग गरिएको छ । अर्का अभियुक्त डण्डपाणि रेग्मीसँग १० हजार रूपैयाँ धरौटी माग भएको छ।



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)