Kathmandu Press

अर्जेन्टिनाको मन्त्रिपरिषद्मा फेरि फेरबदल

अर्जेन्टिनाको मन्त्रिपरिषद्मा फेरि फेरबदल

बुएनोस एैरेस, असोज २ : अर्जेन्टिनाको मन्त्रिपरिषद्मा शुक्रबार फेरि फेरबदल गरिएको छ। 

राष्ट्रपति अल्बेर्टो फेर्नान्डोजले नयाँ राजनीतिक संकट उत्पन्न भएसँगै मन्त्रिपरिषद्मा पुनः हेरफेर गर्नु भएको जनाइएको छ।  

नयाँ मन्त्रिपरिषद्मा अनिबाल फर्नेन्डोजले सुरक्षा, जुलियन डोमिन्गुजले कृषि, जोन पेर्जाक्सले शिक्षा र डानियल फिल्मुसले विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।  

Hardik ivf

योसँगै प्रमुख प्रशासकको जिम्मेवारी पनि जोन मन्जुरलाई दिइएको छ । उनी यसअघि तुकुमन प्रान्तको गभर्नर थिए।

राष्ट्रपति फेर्नान्डोजले विदेश मन्त्रीलाई पनि उनी विदेशमा रहेको बेला पदमुक्त गरेका छन्। विदेश मन्त्री फिलिप सोला ल्याटिन अमेरिकी समूदायको सम्मेलनमा सहभागी हुन मेक्सिको गएका छन् ।  सो सम्मेलन शनिबारदेखि सुरु भएको छ। 

सम्मेलनमा राष्ट्रपति फेनार्न्डेज समेत सहभागी हुने कार्यक्रम भएको भएपनि उनको भ्रमण स्थगित भएको छ। उनले देश भित्रको राजनीतिक संकटकै कारणले भ्रमण स्थगित गर्नु भएको उनको सचिवालयले जनाएको छ। 

उनले अर्को हप्ता अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा समेत सहभागी नहुने निर्णय सुनाइसकेका छन्। 

मन्त्रिपरिषद्का नयाँ सदस्यहरूलाई सोमबार सपथ ग्रहण गराउँदै जिम्मेवारी सुम्पिने राष्ट्रपतिको योजना छ।  

उनले जोन रोसलाई नयाँ सञ्चार सचिवको रूपमा नियुक्त गरेका छन्। यसअघि सो पदमा जोन पाब्लो बिओन्डी थिए।
 

प्रकाशित मिति: १३:४८ बजे, शनिबार, असोज २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्