Kathmandu Press

ओलीसँगको एकता जोगाउन प्रयास गरें, पशुपतिमा मेरो विरुद्ध साँठगाँठ भयो : अध्यक्ष दाहाल

‘प्रधानमन्त्री आलोपालो गर्ने कुराले पार्टी बिग्रिन्छ भन्ने देखेपछि मैले बैठकमा पाँचै वर्ष खानुस् भनेको थिएँ ओलीजीलाई। मैले पार्टी राम्रो बनाउने मन छ, त्यसको जिम्मा दिनुस् भनेको थिएँ।’
ओलीसँगको एकता जोगाउन प्रयास गरें, पशुपतिमा मेरो विरुद्ध साँठगाँठ भयो : अध्यक्ष दाहाल

काठमाडौं, साउन १० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकताको प्रयासस्वरूप तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पाँच वर्ष प्रधानमन्त्री बन्न आग्रह गरे पनि पार्टी जोगाउन नसकेको बताएका छन्।

पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित निर्वासन नामक कृतिको लोकार्पण समारोहमा बोल्दै अध्यक्ष दाहालले नेकपा विघटनतर्फ किन पुग्यो भन्ने विषयमा खुलेर धारणा राखे।

‘हामीलाई जनताले विश्वास गरेर दुई तिहाइ नजिक पु¥याइदिएका थिए, तर टिकेन,’ उनले भने, ‘प्रधानमन्त्री आलोपालो गर्ने कुराले पार्टी बिग्रिन्छ भन्ने देखेपछि मैले बैठकमा पाँचै वर्ष खानुस् भनेको थिएँ ओलीजीलाई। मैले पार्टी राम्रो बनाउने मन छ, त्यसको जिम्मा दिनुस् भनेको थिएँ।’

अध्यक्ष दाहालले अध्यक्षका रूपमा आफैंले सञ्चालन गरेको एक मात्र बैठकमा ९० प्रतिशत नेताहरू खुसी थिए । उनलाई त्यतिबेला नेकपा एकता दीर्घकालीन हुने विश्वाससमेत लागेको थियो। तर, केही दिनमै परिस्थिती उल्टिएको उनले बताए।

‘अर्को हप्तामै प्रचण्डले पार्टी सिध्याउने भयो भनेर पशुपतिमा होटलमा बसेर मेरो विरुद्ध हमला गर्न साँठगाँठ भएको थियो,’ उनले भने।

उनले पार्टी एकता जोगाउन व्यक्तिगत स्वार्थभन्दा माथि उठेर प्रयास गरिए पनि अन्ततः असफल हुनुपरेको बताए।
 

प्रकाशित मिति: १७:३० बजे, शनिबार, साउन १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्