Kathmandu Press

चीन र रुसका विदेशमन्त्रीबीच भेटवार्ता

दुसान्बे, असोज १ : चीन र रुसका विदेशमन्त्रीबीच आगामी दिनमा एक आपसमा मिलेर अघि बढ्ने र आपसी सहयोगका कार्यक्रमहरुलाई साथ साथमा अघि बढाउने सहमति...
चीन र रुसका विदेशमन्त्रीबीच भेटवार्ता

दुसान्बे, असोज १ : चीन र रुसका विदेशमन्त्रीबीच आगामी दिनमा एक आपसमा मिलेर अघि बढ्ने र आपसी सहयोगका कार्यक्रमहरुलाई साथ साथमा अघि बढाउने सहमति भएको बताइएको छ।

दुई मन्त्रीबीच हिजो भएको भेटवार्ताका क्रममा सो सहमति भएको हो। उनीहरुबीच द्विपक्षीय हित र अन्य सहयोगका क्षेत्रहरुमा सहकार्य गर्ने बारेमा समझ्दारी भएको बताइएको छ। 

Hardik ivf

चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच बिहीबार भेटवार्ता भएको हो। उनीहरुले यी दुई देशबीच विगत लामो समयदेखि नै सुमधुर सम्बन्ध रही आएको भन्दै आर्थिक, सामाजिक तथा अन्य मुद्दाहरुमा आपसी साझा सहमतिका साथ अघि बढ्ने बारेमा छलफल भएको बताइएको छ। 

उनीहरुबीच हाल विश्वव्यापी रुपमा देखिएको कोरोना महामारीका विरुद्धमा पनि मिलेर अघि बढ्ने सहमति भएको थियो। महामारीका विरुद्धको सहयोग र सहकार्यलाई एकसाथ अघि बढाइने चिनियाँ विदेशमन्त्रीले बताएका थिए। 

प्रकाशित मिति: १२:५८ बजे, शुक्रबार, असोज १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्