Kathmandu Press

पूर्वसहमति कार्यान्वयन नहुँदा बागमती प्रदेशमा समस्या आएको हो : प्रकाशमान सिंह

‘पार्टी सञ्चालन गर्दा साथीभाईबिच भएको सहमतिलाई त सबैले पालना गर्नुपर्छ नी। विश्वासको संकट भयो भने पार्टी राम्रोसँग अगाडि बढ्न सक्दैन,’ उनले भने, ‘सहमति भएपछि सोही अनुसार अगाडि बढेको भए यसरी बाहिर आउँदैनथ्यो भन्ने कुरा सबैले बुझ्नुपर्दथ्यो।’
पूर्वसहमति कार्यान्वयन नहुँदा बागमती प्रदेशमा समस्या आएको हो : प्रकाशमान सिंह

काठमाडौं, साउन १५ : उपप्रधानमन्त्री प्रकाशमान सिंहले बागमती प्रदेशमा संसदीय दलको नेता परिवर्तनको अवस्था आउनुको कारण पूर्वसहमति कार्यान्वयन नहुँदाको परिणाम हो भनेका छन्। 

नेपाली कांग्रेस रामेछाप गुन्सी १ ले साउन १५ को खीर दिनको अवसर पारेर आयोजना गरेको कार्यक्रममा उपप्रधानमनत्री सिंहले सहमति कार्यान्वयन नहुँदा दलका नेता परिवर्तनको अवस्था आएको औंल्याए।

Hardik ivf

‘पार्टी सञ्चालन गर्दा साथीभाईबिच भएको सहमतिलाई त सबैले पालना गर्नुपर्छ नी। विश्वासको संकट भयो भने पार्टी राम्रोसँग अगाडि बढ्न सक्दैन,’ उनले भने, ‘सहमति भएपछि सोही अनुसार अगाडि बढेको भए यसरी बाहिर आउँदैनथ्यो भन्ने कुरा सबैले बुझ्नुपर्दथ्यो।’

उनले नेपाली कांग्रेस समावेशी संविधान कांग्रेसकै नेतृत्वमा जारी भएको भन्दै कुने पदमा पुगेपछि सोही अनुसारको आचारण सिक्नुपर्ने भन्दै बागमती प्रदेशको निर्णय कुनै जात विशेषलाई हेरेर नभएको पनि प्रष्ट पारे। 

त्यस्तै उनले संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरु मिलेर बन्दा भएको सात बुँदे सहमतिलाई कम आँक्न नहुने पनि बताए। 

‘७ बुँदे सहमतिलाई कम नआँकौं। राजनीतिक स्थिरता ल्याउनका लागि दुई ठुला दल कांग्रेस र एमालेले अरु दललाई पनि समेटेर वर्तमान सरकार बनेको छ ,’ उनले भने, ‘७ महिनामा सरकार परिवर्तन भएको भयै थियो। नागरिकले सरकार त टिक्दैन भने सरकारले अरु के गर्छ? भनेर प्रश्न गरिरहनुभएको थियो। अहिले सरकारले स्थिरता पाएको छ। राजनीतिक स्थीरताकै जगमा नागरिकको जीवन र जिविका सहज बनाउन सरकारले काम गरिररहेको छ।’

सिंहले पार्टीलाई  व्यवस्थित गरेर लैजानुपर्नेमा पनि जोड दिए। ०५६ सालदेखिनै पार्टीलाई विधिसम्मत र संस्थागत गरेर जानुपर्छ भनेर आफूले भन्दै आएको स्मरण गराउँदै उनले अहिलेको चुनौति सामना गर्नका लागि कांग्रेसलाई व्यवस्थित गर्नुपर्ने बताए।

कार्यक्रममा रामेछापका नेताहरुले पार्टीभित्र अराकजता बढेको भन्दै पार्टीलाई विधिसम्मत चलाउनका लागि केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका थिए।
 

प्रकाशित मिति: १४:३१ बजे, बिहीबार, साउन १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्