Kathmandu Press

रुसले क्राइमिया प्रायद्वीपमा संसदीय चुनाव गराउँनु अन्तरराष्ट्रिय कानूनको उल्लङ्घन : युक्रेन

कीभ, ३१ भदौ : युक्रेनले रुसले क्राइमिया प्रायद्वीपमा संसदीय चुनाव आयोजना गरी अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको र पृथकतावादी नियन्त्रित क्षेत्रका बासिन्दालाई मतदानमा भाग...
रुसले क्राइमिया प्रायद्वीपमा संसदीय चुनाव गराउँनु अन्तरराष्ट्रिय कानूनको उल्लङ्घन : युक्रेन

कीभ, भदौ ३१ : युक्रेनले रुसले क्राइमिया प्रायद्वीपमा संसदीय चुनाव आयोजना गरी अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको र पृथकतावादी नियन्त्रित क्षेत्रका बासिन्दालाई मतदानमा भाग लिन अनुमति दिएको आरोप लगाएको छ।

रुसले २०१४ मा क्राइमियालाई युक्रेनबाट कब्जा गरेको थियो र कीव र यसका सहयोगीहरूले दुई पूर्वी क्षेत्रहरूमा मस्को समर्थक पृथकतावादीहरूलाई समर्थन गरेको आरोप लगाएका छन्।

Hardik ivf

लुगान्स्क र डोनेट्स्कमा रूसी पासपोर्ट धारीहरूलाई शुक्रबारदेखि आइतबार सम्म ड्यूमा राज्यमा चुनावमा मतदान गर्न अनुमति दिइएको छ। युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले एक पत्रकार सम्मेलनमा मस्कोले पूर्वी क्षेत्रहरू र क्राइमियामा मतदान आयोजना गरी ‘अन्तर्राष्ट्रिय कानूनको उल्लंघन’ गरेको आरोप लगाएका हुन्।

कुलेबाले अहिले क्राइमियाको अवस्था एक नियन्त्रित राज्यको जस्तो भएको र यस बापत मस्कोले एक दिन ठूलो मूल्य चुकाउनुपर्ने दाबी गरेका छन्। लुगान्स्क र डोनेट्स्क क्षेत्रका  ६००,००० भन्दा बढी जनताले २०१९ देखि हालसम्म रूसको राहदानी लिइसकेका छन् र यस क्षेत्रमा मतदानका निम्ति योग्य मानिएका छन्। रुसले २०१६ देखि क्राइमियामा निर्वाचन गराउँदै आएको छ। 

प्रकाशित मिति: १९:२९ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्