Kathmandu Press

यमनको झडपमा सैनिक र विद्रोही गरी ५० जनाको मृत्यु 

दुबई, भदौ ३१ : यमनको मध्य प्रान्त अल बायदामा भएको झडपमा परी सरकार समर्थक सैनिक र विद्रोही गरी कम्तीमा ५० मारिएका छन्। एएफपी समाचार समितिलाई...
यमनको झडपमा सैनिक र विद्रोही गरी ५० जनाको मृत्यु 

दुबई, भदौ ३१ : यमनको मध्य प्रान्त अल बायदामा भएको झडपमा परी सरकार समर्थक सैनिक र विद्रोही गरी कम्तीमा ५० मारिएका छन्। 

एएफपी समाचार समितिलाई सैनिक स्रोतले जानकारी दिएको जानकारीअनुसार झडपको क्रममा मारिएका व्यक्तिहरुमा एक उच्च सैनिक अधिकारी पनि रहेका छन्। 

Hardik ivf

एक कर्नेल, १९ सरकार समर्थक सैनिक, कम्तीमा ३० विद्रोही मारिएको सो स्रोतले जनाएको छ। सरकार समर्थक सेना र विद्रोहीबीच भएको झपड र हवाई आक्रमणमा परी ३० विद्रोही मारिएको बताइएको छ। 

हुथी विद्रोहीहरुले मारिएका आफ्ना लडाकुु संख्या कम मात्र बताएका थिए। तर कम्तीमा ३० हुथी विद्रोही मारिएका सैनिक स्रोतले दाबी गरेको छ। 

इरानको सहयोग रहेको यस विद्रोही समूहले हालैका हप्ताहरुमा अल बायदा प्रान्तमा आक्रमण बढाएको छ। 

साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।

प्रकाशित मिति: १६:३४ बजे, बिहीबार, भदौ ३१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्