Kathmandu Press

सुनको मूल्यमा ७ सय रुपैयाँ गिरावट, चाँदीको मूल्य दुई दिनदेखि स्थिर

काठमाडौं, भदौ ३१ : आज (बिहीबार) सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले ओरालो लागेको छ।आज छापावाल सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँले...
सुनको मूल्यमा ७ सय रुपैयाँ गिरावट, चाँदीको मूल्य दुई दिनदेखि स्थिर
Hardik ivfHardik ivf

काठमाडौं, भदौ ३१ : आज (बिहीबार) सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले ओरालो लागेको छ।

आज छापावाल सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार यो सुन तोलाको ९१ हजार २ सय रुपैयाँ कायम भएको थियो।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलाको ९० हजार रुपैयाँ कायम भएको छ। बुधबार यो सुनको मूल्य तोलाको ९० हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो।

चाँदीको मूल्य भने दुई दिनदेखि स्थिर छ। मंगलबार र बुधबार चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: १२:२४ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्