Kathmandu Press

लागातार दोस्रो दिन पनि घट्यो नेप्से, १६ अर्बको कारोबार 

३ हजार बिन्दूमा पुगेको नेप्से लगातार दोस्रो दिन पनि घटेर २९२२.६३ बिन्दुमा आएको छ। 
लागातार दोस्रो दिन पनि घट्यो नेप्से, १६ अर्बको कारोबार 

काठमाडौं, साउन १५ : साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसुचक ३१.५० अंकले घटेको छ। ३ हजार बिन्दूमा पुगेको नेप्से लगातार दोस्रो दिन पनि घटेर २९२२.६३ बिन्दुमा आएको छ। 

नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार कुल ३१८ स्टकको १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९९४ रुपैयाँको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता शेयर कारोबार भएको छ। 

Hardik ivf

आज सेन्सेटिभ इन्डेक्स ६.७१ अंकले घटेको छ। फ्लोट इण्डेक्स २.०७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.३६ अंकले घटेको छ।

बिहीबार पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै ९४.८० रुपैयाँले बढेर १०४३.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ। नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य ७१.६१ रुपैयाँले बढेर ७८८.१९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

कर्पोरेट विकास बैंकको शेयर मूल्य २०२.३३ रुपैयाँले बढेर २२३०.९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी ग्रीन डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य पनि प्रतिकित्ता १२३.७२ रुपैयाँले बढेर १३७१.३४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस्तै, भुगोल इनर्जी विकास कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर मूल्य ७.१० प्रतिशतले घटेर ७९३.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । माइखोला हाइड्रो पवारको शेयर मूल्य ५.७० प्रतिशतले घटेर ८९१.२५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

त्यसैगरी सुपर सोलु हाइड्रो शेयर मूल्य प्रतिकित्ता ४.९४ प्रतिशतले घटेर ४९५.०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यसदिन हिमालयन डिस्टिलरी लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेन्स, सिवम् सिमेन्ट र लुम्बीनी विकास बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।
 

प्रकाशित मिति: १७:०७ बजे, बिहीबार, साउन १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्