Kathmandu Press

पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टीतेलको बढ्यो

निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ घटाइएको हो । डिजेल र मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टीतेलको बढ्यो

काठमाडौं, साउन १६ : नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । शुक्रबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य घटाइएको तथा डिजेल र मट्टीतेलको मूल्य बढाइएको हो।

निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ घटाइएको हो । डिजेल र मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

Hardik ivf

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५८ रुपैयाँ र तेस्रो वर्गका लागि १५९ रुपैयाँ तोकिएको छ।

यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४९ रुपैयाँ र तेस्रो वर्गका लागि १५० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ।

प्रकाशित मिति: ०७:१२ बजे, शुक्रबार, साउन १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्