Kathmandu Press

लेबनानले आईएमएफ, विश्व बैंकसँग वार्ता सुरु गर्ने

बेरुत, भदौ ३० : लेबनानका राष्ट्रपति मिशेल आउनले बुधबार आफ्नो मुलुकले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकसँग चाँडै आवश्यक सुधार र वार्ता...
लेबनानले आईएमएफ, विश्व बैंकसँग वार्ता सुरु गर्ने

बेरुत, भदौ ३० : लेबनानका राष्ट्रपति मिशेल आउनले बुधबार आफ्नो मुलुकले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकसँग चाँडै आवश्यक सुधार र वार्ता सुरु गर्ने बताएको छ। वार्ता सुरू गर्ने उनको कार्यालयद्वारा बुधबार सार्वजनिक गरिएको सूचनामा भनिएको छ।

लेवनानी राष्ट्रपति आउनले ‘बाब्दा प्यालेस’मा श्रम महासंघबाट एक प्रतिनिधिमण्डलसँगको भेटवार्ताका भने, ‘अन्तर्राष्ट्रिय समुदायबाट हामीलाई आर्थिक सुधारका लागि सहयोग गर्ने चाहना व्यक्त भएको छ। हामी वित्तीय सुधारका लागि आईएमएफ र विश्व बैंकसँग छिट्टै वार्ता सुरु गर्नेछौं।’ 

Hardik ivf

उनले आगामी दिनमा अर्थतन्त्र सुधारलाईलाई मुख्य प्राथमिकता दिइने बताए। आउनका अनुसार नयाँ मन्त्रीमण्डलले सन् २०२० अगस्त ४ मा भएका दुईवटा विशाल विस्फोटद्वारा ध्वस्त विद्युत केन्द्रहरूको निर्माण र बेरूत बन्दरगाहको पुनर्निर्माणसहित विभिन्न परियोजनाहरू सुरु गर्नेछ।

लेबनानले धेरै आवश्यक सुधारहरू कार्यान्वयन गर्ने र देशलाई वर्तमान आर्थिक सङ्कटको अवस्थाबाट उकास्न विदेशी सहायताको लागि साँचो खुला राखिने छ। देशमा लामो समयसम्म खाली रहेको राजनैतिक संरचनासँगै खाली मन्त्रीपरिषद्ले पनि सेप्टेम्बर १० मा पूर्णता पाएपछि लेवनानले आर्थिक सुधारको बाटो लिने अन्तर्राष्ट्रिय समुदायले आशा गरेको छ। 

प्रकाशित मिति: २०:३२ बजे, बुधबार, भदौ ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्